आफ्नो व्यवसायभित्र र बाहिरका फोटोहरू देखाउनुहोस्

मान्छेहरू व्यवसायका फोटो र भर्चुअल टुर हेरेर त्यहाँ जाने कि नजाने भन्ने निर्णय लिन सक्छन्। आफ्नो व्यवसायको अनलाइन उपस्थिति बढाउनुहोस् र व्यवसायको भित्री र बाहिरी भागहरू स्पष्ट रूपमा देखिने गरी प्रस्तुत गर्नुहोस्। ग्राहकहरूले तपाईंको स्टोरमा आउनुअघि नै Street View फोटोहरू हेर्दै गर्दा उनीहरूलाई आफ्नो स्टोरबाट के अपेक्षा गर्ने भन्ने कुराको जानकारी दिनुहोस्।

Google Street View, विश्व जनाउने आइकन

१०० भन्दा बढी

Street View मा भएका देश र क्षेत्रहरू

Google Street View, प्रयोगकर्ताहरू जनाउने आइकन

१ अर्बभन्दा बढी

हरेक महिना Google नक्सा प्रयोग गर्ने प्रयोगकर्ताहरू

Google Street View, लोकेसन आइकन

२० करोडभन्दा बढी

Google नक्सामा सूचीकृत व्यवसाय र ठाउँहरू

Google Street View, व्यवसायको पेजमा भएको हरियो रेखा

आफ्नो स्टोरको अगाडिको भागको ३६० डिग्रीको फोटो हालेर मान्छेहरूलाई तपाईंको स्टोर बाहिरबाट हेर्दा कस्तो देखिन्छ भन्ने कुरा देखाउनुहोस्

भ्रमणकर्ताहरू तपाईंको स्टोरमा आउँदा उहाँहरूलाई मार्गदर्शन गर्न र उहाँहरूलाई पार्किङ स्थल, ह्विलचेयरबाट जान मिल्ने प्रवेशद्वारलगायतका महत्त्वपूर्ण जानकारी देखाउन आफ्नो स्टोरबाहिरको फोटो खिच्नुहोस्।

Google Street View, कुनै स्टोरको अगाडिको भागको ३६० डिग्रीको फोटो

पसलको भर्चुअल टुर प्रकाशित गरेर अन्य व्यवसायका माझमा आफ्नो व्यवसाय विशेष देखाउनुहोस्

ग्राहकहरू स्टोरमा आउनुअघि नै तपाईंको व्यवसायका बारेमा केही जानकारी पाउन सकून् र यहाँ के-कस्ता सुविधा तथा उत्पादनहरू उपलब्ध छन् भन्ने कुरा जान्न सकून् भन्नाका लागि उहाँहरूलाई आफ्नो स्टोरभित्रका फोटोहरू देखाउनुहोस्। आफ्नो स्टोर, उत्पादनको सेल्फ र मेनुहरूको फोटो खिच्नुहोस् र ती फोटोहरू Street View मा प्रकाशित गर्नुहोस्। तपाईं फोटो प्रकाशित गर्न पेसाकर्मीको मद्दत लिन पनि सक्नुहुन्छ।

आफ्नै भर्चुअल टुर बनाउनुहोस्
Google Street View, जान्जिबारमा रहेको Wonders Boutique भित्रको ३६० डिग्री टुर

भ्रमणकर्ताहरू तपाईंको पसलमा फर्केर आइरहून् भन्नाका लागि नयाँ फोटोहरू अपलोड गरिराख्नुहोस्

तपाईंले भर्खरै आफ्नो पसल रिडिजाइन गर्नुभएको हो वा नयाँ उत्पादनहरू बिक्रीमा राख्नुभएको हो? त्यसो हो भने Street View मा नयाँ फोटोहरू हाल्नुहोस्।  आफ्ना ग्राहकहरूलाई व्यवसायसम्बन्धी परिवर्तन र रोमाञ्चक अफरहरूका बारेमा नियमित रूपमा जानकारी दिएर इन्टरनेटमा आफ्नो व्यवसायको प्रतिष्ठा बढाउनुहोस्।

Google Street View, पसलको अगाडिको भागका फोटोहरू Getty Images - Tinpixels बाट लिइएका हुन्
Google Street View, व्यवसायको पेजमा भएको पहेँलो रेखा

सुरु गर्ने तरिका

Google Street View, क्यामेरा जनाउने आइकन

आफ्नो क्यामेरामार्फत फोटो खिच्नुहोस् वा व्यावसायिक फोटोग्राफरको मद्दत लिनुहोस्

Google Street View, फोटो खिच्दै गरेको पेगम्यान

आफूले खिचेका फोटो हाल्नुहोस्

Google Street View, Street View Studio का सहायताले फोटोहरू प्रकाशित गर्नुहोस्

आफूले खिचेका फोटो प्रकाशित गर्नुहोस्