आफ्नो दृश्यता बढाउन कुनै विश्वसनीय पेसाकर्मीको सेवा लिनुहोस्

आफ्नो दृश्यता बढाउन कुनै विश्वसनीय पेसाकर्मीको सेवा लिनुहोस्

Watch the film

Link to Youtube Video (visible only when JS is disabled)

Street View का विश्वसनीय पेसाकर्मी भनेका निम्न मान्छेहरू हुन्:

विश्वसनीयता जनाउने आइकन
  • Street View को विश्वसनीयता जनाउने ब्याज प्राप्त गरेका मान्छेहरू।
  • ३६० डिग्रीको पचास वटा फोटो प्रकाशित गरेका तथा अनुमोदन प्राप्त गरेका प्रतिष्ठित योगदानकर्ताहरू।
  • हाम्रा भाडामा उपलब्ध पेसाकर्मीहरूको इन्डेक्समा परेका मान्छेहरू।
  • मार्केटिङ प्रयोजनका लागि विश्वसनीय ब्रान्ड एसेट प्रयोग गर्न सक्ने मान्छेहरू।

पेसाकर्मीबाट के अपेक्षा राख्ने

तपाईं आफ्नो व्यवसाय अझै धेरै ग्राहकहरूमाझ पुगोस् भन्ने चाहनुहुन्छ भने Street View का अनुभवी योगदानकर्ताले तपाईंलाई Google नक्सामा आफ्नो व्यवसायको उपस्थिति बढाउन र अरूभन्दा भिन्न देखिन मद्दत गर्न सक्नुहुन्छ। तर कुनै योगदानकर्ताको सेवा लिनुअघि यस कार्यमा हरेक पक्षले खेल्ने भूमिकाका बारेमा राम्रोसँग बुझ्नुहोस्।

व्यवसायका मालिकहरू

  • कृपया तपाईंले आफ्नो व्यवसायका फोटोहरू खिच्न कुनै विश्वसनीय फोटोग्राफरलाई काममा लगाउनुभएका खण्डमा Google ले उक्त फोटोग्राफरले प्रदान गर्ने सेवाहरूको गुणस्तरका लागि प्रत्याभूति दिन सक्दैन भन्ने कुरा ख्याल राख्नुहोला।
  • तपाईं र सम्बन्धित फोटोग्राफर मिलेर उक्त फोटो सुटसम्बन्धी सर्त, सेवा तथा लागतको बारेमा निर्णय र सम्झौताहरू गर्नु पर्ने हुन्छ।
  • कुनै विश्वसनीय फोटोग्राफरले खिचेका फोटो वा सिर्जना गरेका भर्चुअल भ्रमणको शुल्क सीधै फोटोग्राफरलाई नै भुक्तानी गर्नु पर्ने हुन्छ। अतः Google लाई वा Google मार्फत कुनै पनि रकम भुक्तानी गरिँदैन।
  • तपाईं र तपाईंलाई सेवा प्रदान गर्ने फोटोग्राफर वा एजेन्सीबिच कुनै विवाद उत्पन्न भएका खण्डमा तपाईंले उक्त फोटोग्राफर वा एजेन्सीसँग गरेको सम्झौताका सर्तहरूअनुसार नै उक्त विवादको समाधान खोज्नु पर्ने हुन्छ।
  • तपाईं Street View का विश्वसनीय फोटोग्राफरले प्रदान गरेका सेवाहरूसम्बन्धी कुनै समस्याबारे रिपोर्ट गर्न चाहनुहुन्छ भने तपाईं यो फारम भरेर उक्त समस्या रिपोर्ट गर्न सक्नुहुन्छ।
Google Street View, विश्वसनीय पेसाकर्मी भएका व्यवसायका मालिक

Street View का सेवाहरू प्राप्त गर्ने तरिका

Street View ready प्रविधि प्रयोग गरेर विश्वसनीय पेसाकर्मीहरू तपाईंका समुदायको Street View अपडेट गर्न स्ट्रिट स्तरीय फोटो खिचेर प्रकाशन गर्न सक्छन्।

  • Google फोटोग्राफर वा एजेन्सीहरूलाई काममा लगाउँदैन तर योगदानकर्ताहरूलाई सडकहरूको नयाँ Street View इमेजरी प्रकाशन गर्ने अनुमति दिन्छ। हाम्रा समर्पित विश्वसनीय पेसाकर्मीको सूचीमा उच्च गुणस्तरका आकर्षक फोटोहरू योगदान गरेर आफ्नो विशेषज्ञता देखाएका फोटोग्राफर र एजेन्सीहरू समावेश छन्।
  • तपाईंसामु तपाईंलाई अझ राम्रो अनुभव प्रदान गर्ने र वरपरका ठाउँहरू खोज्न मद्दत गर्ने फोटोहरू पस्कन Google ले लगातार थुप्रै देशहरूको यात्रा गर्ने प्रयास गरिरहेको छ। हामी तपाईंको ठाउँमा आइरहेका छौँ वा छैनौँ भन्ने कुरा थाह पाउन हामी अब कहाँ जाँदै छौँ भन्ने कुरा जाँच्नुहोस् अथवा तपाईं हामी आइन्जेल नकुरेर चाँडै नै नयाँ फोटोहरू प्राप्त गर्न आतुर हुनुहुन्छ भने कुनै विश्वसनीय पेसाकर्मीलाई सम्पर्क गर्नुहोस्।
Google Street View, क्यामेरा भएका विश्वसनीय पेसाकर्मी

आफ्नो क्षेत्रका विश्वसनीय पेसाकर्मी भेट्टाउनुहोस्

आफू नजिकैका विश्वसनीय पेसाकर्मी खोजेर सुरु गर्नुहोस्।

एजेन्सी सहर इमेल सम्पर्क नम्बर
एजेन्सी सहर इमेल सम्पर्क नम्बर

*Street View बाट विश्वसनीयताको ब्याज प्राप्त गर्ने कोर्स नयाँ आवेदकहरूका लागि अस्थायी रूपमा बन्द गरिएको छ।