सोखदेखि लिएर विश्व मञ्चसम्म - फ्रान्सेली पोलिनेसियाको सुन्दरताको नक्साङ्कनले यहाँका स्थानीयवासीहरूका लागि कसरी अथाह लाभहरू बोकेर ल्यायो।

फ्रान्सेली पोलिनेसिया – यहाँ सेतो बालुवा भएको समुद्री तट, पहाडी पदमार्ग र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेका सम्पदाहरू छन्। त्यसकारण यो ठाउँलाई जीवनकालमा एक पटक पुग्नै पर्ने लोकप्रिय गन्तव्य मानिन्छ। केही व्यक्तिहरूले यसका बारेमा सपना मात्र देख्दै गर्दा Christophe Courcaud ले Street View को सहायताले यो ठाउँको सुन्दरतालाई अनलाइन प्लेटफर्ममा देखाउने तथा टहिटीको पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने अद्वितीय अवसर देख्नुभयो।

१,८०० कि.मि.

फोटो खिचेको

१२,००,०००

फोटोहरू

यसमार्फत:

८K

डिस्प्ले रिजोल्युसनसम्बन्धी भिडियोहरू

८+

द्वीपसमूह

१८

होटेलहरू प्रकाशित गरेको

+४५०

व्यवसायका सूचीहरू
बनाइयो

व्यवसाय र खुसीको सङ्गम

Street View प्रतिको आफ्नो प्रेम र फ्रान्सेली पोलिनेसियाका भव्य द्वीपसमूहबाट प्रेरित भएर Christophe ले २०१९ मा Tahiti 360 स्थापना गर्नुभयो। यो कम्पनी फ्रान्सेली पोलिनेसियाका पदमार्ग तथा समुद्री तटलगायतका ठुल्ठुला बाह्य क्षेत्रहरूको ३६० डिग्रीको फोटो खिच्न र तिनलाई Street View मा अपलोड गर्न माहिर छ। र Christophe को मुख्य ध्यान त्यहाँका जनजीवनका सुन्दर फोटोहरू खिचेर देखाउने भए तापनि उहाँ Street View को इमर्सिभ इन्डोर भर्चुअल टुरका सहायताले स्थानीय व्यवसायहरूलाई अझ बढी ग्राहकहरूमाझ पुर्‍याउन मद्दत पनि गर्नुहुन्छ।

फ्रान्सेली पोलिनेसियाको नक्साङ्कन

लगभग अधिकांश सामग्री डिजिटल स्वरूपमा उपलब्ध भइसकेका बेला Christophe र Tahiti 360 यो द्वीपमा पुग्दा फ्रान्सेली पोलिनेसियाको स्याटलाइटबाट खिचिएको फोटो मात्र उपलब्ध थियो भन्दा पत्यार नलाग्न सक्छ। यसका साथै, बोरा बोरा र टहिटी जस्ता द्वीपसमूहका सडकहरूका नाम नराखिएकाले एक ठाउँबाट अर्को ठाउँसम्म जान असहज थियो र यसले समस्या अझ जटिल बनाएको थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा त यसले अग्नि नियन्त्रक, प्रथम उद्धारकर्ता र कानुन कार्यान्वयन एजेन्सी जस्ता आपत्कालीन सेवाहरूको कार्यलाई अत्यन्तै कठिन बनाएको थियो।

 

म सधैँ Street View मा स्थानीय समुदायहरूलाई अत्यन्तै लाभान्वित बनाउने शक्ति छ भन्ने कुरामा विश्वास गर्थेँ। Street View को नेभिगेसनका सहायताले आफैँ कुनै विशेष क्षेत्रसम्म पुग्ने र घर छाड्नुअघि नै आसपासको परिवेशका बारेमा थाहा पाउने सुविधाले मलाई सधैँ नै मोहित गर्थ्यो। यो सुविधा विशेष गरी एक ठाउँबाट अर्को ठाउँसम्म सजिलैसँग जान झन्डै असम्भव रहेको फ्रान्सेली पोलिनेसियाका लागि उपयोगी देखिन्थ्यो।

-

Christophe Courcaud, Tahiti 360 का संस्थापक

 

Google Street View, बोरा बोराको नक्साङ्कन

Street View ले द्वीपको जीवन शैलीमा पुर्‍याउन सक्ने फाइदाहरू पहिचान गरेर स्थानीय निकायहरूले टहिटी, मूरिया, बोरा बोरा, राआटी, मौपिटी, हुहाइन, फकारवा र रङ्गिरोआका सबै सडकहरूको नक्साङ्कन गर्न तथा नक्सामा राख्न Tahiti 360 सँग साझेदारी गरे। Christophe ले पोलिनेसियाको १८०० कि.मि. क्षेत्रको फोटो कैद गर्न सबै क्षेत्रका सवारी साधन, गल्फ खेलमा याताउता जान प्रयोग गरिने सानो गाडी, इलेक्ट्रिक बाइक, जेट स्की र घोडाको समेत प्रयोग गर्नुभयो। Christophe ले खिच्नुभएका फोटो र स्थानीय निकायहरूले प्रदान गरेको भौगोलिक डेटाका सहायताले आज Google नक्सामा ट्राफिकसम्बन्धी लाइभ जानकारी, सबैभन्दा छोटो मार्गसम्बन्धी सुझाव र टहिटीका स्थानीय व्यावसायिक प्रतिष्ठानहरूसम्म पुग्ने दिशा निर्देशनहरू प्राप्त गर्न सम्भव भएको छ। विशेष गरी यो आपत्कालीन सेवा प्रदायक निकायहरूका लागि सहयोगी सिद्ध भएको छ। फलस्वरूप, यी सेवा प्रदायकहरूले पूरै द्वीपमा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकेका छन्। अन्त्यमा, Street View मा Tahiti 360 ले राखेका फोटोहरूले सहरी योजना बनाउन र भवन तथा सडकको मर्मतसम्भारसम्बन्धी कार्य पनि सहज तुल्याएका छन्।

युनेस्कोले विश्व सम्पदा सूचीमा राखेका क्षेत्रहरू हेर्नुहोस्

Tahiti 360 को सबैभन्दा मनमोहक यात्रा राआटी द्वीपको तापुतापुतेयको यात्रा हो। युनेस्कोको विश्व सम्पदा सूचीमा परेको यो ठाउँले हरेक वर्ष फ्रान्सेली पोलिनेसियामा ३,००,००० पर्यटक भित्र्याउन ठुलो भूमिका खेल्ने गर्दछ। तर, Christophe ले यहाँको सुन्दरता ३६० डिग्रीका फोटो खिचेर दशौँ लाख मान्छेहरूलाई भर्चुअल रूपमा यो ठाउँको अनुभव लिने अवसर पनि प्रदान गर्नुभएको छ। Christophe ले Street View मा प्रकाशित गर्नुभएको कामले विश्वको एक अद्भुत ठाउँ सबैले अन्वेषण गर्न पाउने गरी हाम्रै स्क्रिनमा ल्याइदिएको छ।

पूरै द्वीप Street View मा राख्नु कुनै चानचुने कुरा थिएन तर Christophe यो चुनौतीका लागि तयार हुनुहुन्थ्यो। उहाँले पूरै बोरा बोरा द्वीपको ३६० डिग्रीका फोटो खिच्न गर्न सकियोस् भन्नाका खातिर कारमा, डुङ्गामा र हिँडेर उक्त द्वीपको यात्रा गर्नुभयो। पूरै द्वीप नक्साङ्कन गर्न र त्यसलाई सबैले हेर्न सक्ने गरी लागि Street View मा राख्न Christophe लाई जम्मा सात दिन लाग्यो।

बोरा बोराका अतिरिक्त Christophe ले टहिटीको राजधानी पापिटी का सबै सडकका साथसाथै पिराइ सहरको पनि फोटो खिच्नुभयो। दुवै सहरका फोटोहरू Street View मा देखिएपछि त्यसले दुवै सहरलाई निकै फाइदा पुर्‍यायो।

स्थानीय व्यवसायहरूले Street View मा प्रचलित हुने मौका पाए। इन्टरकन्टिनेन्टल, मानावा र हिल्टन जस्ता ठुला होटेलका साथसाथै ससाना व्यावसायिक प्रतिष्ठानहरू पनि आफ्ना सुविधाहरू विश्वव्यापी मञ्चमा देखाउन पाउँदा निकै उत्साहित थिए।

जीवनकालमा पुग्नै पर्ने लोकप्रिय गन्तव्यको सूचीमा थप ठाउँहरू थप्ने

Tahiti 360 ले यो वर्षको अन्त्यसम्ममा फ्रान्सेली पोलिनेसियाका सबै द्वीपसमूह समेट्ने आशा लिएको छ। हालसम्म नसमेटिएका द्वीपसमूहमा मौपिटी, ताहा, मार्क्विसस द्वीपसमूह, ग्याम्बियर्स द्वीपसमूह र अस्ट्रल द्वीपसमूह पर्दछन्। फ्रान्सेली पोलिनेसियाका कयौँ भूभागहरू समेट्न बाँकी नै भए तापनि Christophe पहिलेदेखि नै आफ्नो अर्को साहसिक कार्यबारे योजना बनाइरहनुभएको छ। उहाँले समग्र पर्यटन क्षेत्रमा टेवा पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले आफ्नो गृह नगरको ४०० कि.मि. लम्बाइको साइकल मार्ग, तैरने बगैँचा र पर्यटकीय रेलको फोटो खिचेर Street View मा राख्न फ्रान्सेली स्थानीय निकायहरूसँग सम्झौता गरिसक्नुभएको छ। Christophe २०२४ को ओलम्पिक खेलका सर्फिङ प्रतियोगिताहरू आयोजना हुने तेहुपो गाउँका फोटोहरू पनि खिच्नु हुने छ। र यस बिचमा, उहाँ न्यू क्यालेडोनिया, वालिक एन्ड फुटुना द्वीपसमूह Street View मा थपिसक्ने आशा गर्नुहुन्छ। यसले त्यहाँका स्थानीय मानिसको दैनिक जीवनमा सुधार ल्याउनुका साथै अझ धेरै मान्छेहरूलाई यस मनोरम ठाउँको अन्वेषण गर्न मद्दत गर्ने छ।

Street View सहकार्य गर्न मिल्ने प्लेटफर्म हो। यसका सहायताले योगदानकर्ताहरू Google नक्सामा मन्त्रमुग्ध पारिदिने फोटोहरू राखेर समुदायको उन्नति प्रगति, व्यापार व्यवसायको वृद्धि विकास र विश्वका अद्भुत ठाउँ र घरबिचको दूरी कम गर्न मद्दत गर्न सक्छन्। सबैभन्दा राम्रो कुरा त Street View का सहायताले जोकोही पनि आफ्नो सफलताको बाटो तय गर्न सक्छन्। यसका लागि उहाँहरूको पहिलो कदम भनेको फोटोहरू राखेर यसमा योगदान गर्नु हो।

निम्न विषयअन्तर्गत पोस्ट गरिएको:

नक्साङ्कन र डिजिटाइजेसन अर्थतन्त्र र समाज

थप हेर्नुहोस्

आफैले खिचेको Street View फोटो सेयर गर्नुहोस्