Street View का सहायताले जान्जिबारका स्थानीय समुदायहरूको सशक्तिकरण

पर्यटनमा निर्भर कुनै पनि ठाउँले आफ्नो आर्थिक वृद्धि गर्नका निम्ति अन्तर्राष्ट्रिय स्तरमा आफ्नो ठाउँका बारेमा जागरूकता बढाउने कार्यलाई प्राथमिकता दिन्छ र यो कुरा जान्जिबारमा पनि लागू हुन्छ। त्यसकारण जान्जिबारको योजना आयोग आफ्नो देशको आर्थिक वृद्धिका निम्ति आफ्नो देशमा रहेको द्वीपसमूहको सुन्दरता विश्वसामु प्रस्तुत गर्न प्रतिबद्ध थियो र Street View उक्त आयोगको प्रतिबद्धता साकार पार्ने कार्यमा सहयोग गर्न तयार थियो। उक्त आयोगले World Travel in 360 (WT360) का व्यावसायिक फोटोग्राफर Federico Debetto, Nickolay Omelchenko र Chris du Plessis सँग मिलेर प्रोजेक्ट जान्जिबार नामक परियोजना सुरु गर्‍यो र स्थानीय समुदायहरूलाई आफ्नै पहलमा यो परियोजनालाई निरन्तरता दिन प्रेरित गर्‍यो।

Google Street View, जान्जिबारका स्थानीय समुदायहरूको सशक्तिकरण

Watch the film

Link to Youtube Video (visible only when JS is disabled)

१,७०० कि.मि.

यात्रा गरी फोटो खिचिएको

९८० हजार

फोटोहरू प्रकाशित गरिएको

३ करोड ३० लाख

भ्यू

१०५ वटा होटेल

सूचीकरण गरिएको

मिलेर आर्थिक वृद्धि ल्याउने

नाप मिलाएर नक्साङ्कन गर्न चुनौतीपूर्ण हुन्छ। त्यसकारण WT360 टोलीले सुन्दर उङ्गुजा टापुको नक्साङ्कन गर्न स्टेट युनिभर्सिटी अफ जान्जिबारका बाह्र जना विद्यार्थीसँग सहकार्य गरेको थियो। उहाँहरूले Federico, Nickolay र Chris को विज्ञताका सहायताले १,७०० किलोमिटरको फुटेज खिचेका थिए।

हाम्रो कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ३०% योगदान रहेको छ। त्यसकारण हामी हाम्रा युवा र पहिलेदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेका मान्छेहरूलाई तालिम दिन सक्छौँ। कतिपय अवस्थामा मान्छेहरूले पर्यटन भन्ने बित्तिकै होटेलसँग मात्रै जोडेर हेर्ने गर्छन्। तर पर्यटन भनेको होटेल मात्र होइन। पर्यटन क्षेत्रका लागि इतिहास, वायुसेवा र बजारीकरणको पनि उत्तिकै महत्त्वपूर्ण छ। जान्जिबारमा बसोबास गर्ने थप मान्छेहरूलाई पर्यटन क्षेत्रमा ल्याउन सकिएका खण्डमा सरकारलाई ठुलो फाइदा हुने छ र देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने छ।

-

Simai Mohammed Said, जान्जिबारका पर्यटन तथा सम्पदा मन्त्री।

जान्जिबारको विकास हुँदै गर्दा Federico को टोलीले पूर्वाधार विकासमा सहयोग गर्न तथा नयाँ पर्यटकहरूलाई यो देशप्रति आकर्षित गर्न नियमित रूपमा स्थानीय सडकहरूका ३६० डिग्रीका फोटोहरू रिफ्रेस गर्छन्।

Google Street View, Feberico Debetto ले खिच्नुभएको जान्जिबारको सडकको फोटो

३६० डिग्रीका फोटोका सहायताले व्यवसायहरूको विश्वव्यापी प्रवर्धन

Federico ले यो वर्षको सुरुवातदेखि उत्तरमा रहेको पेम्बा टापुको अन्वेषण गर्न थाल्नुभएको थियो। Federico र भूतपूर्व विद्यार्थी स्वयंसेवक Ibrahim Khalid ले केवल ६ दिनमै ५०० किलोमिटरभन्दा बढी दूरीको फोटो र आकाशबाट ४० वटा पानोरामा फोटो खिच्नुभयो र Street View Studio प्रयोग गरी तिनलाई Google नक्सामा अपलोड गर्नुभयो।

पर्यटकीय आकर्षणका केन्द्र, सम्पदा क्षेत्र, होटेल र व्यवसायहरूलाई सटीक रूपमा देखाउने फुटेज प्रयोग गरी उहाँहरूले National Global Tour of Zanzibar नामक इमेजरी प्लेटफर्म बनाउनुभयो। यो प्लेटफर्म तीव्र रूपमा विकास भइरहेको छ र विश्वसामु जान्जिबारका टापुहरूको प्रवर्धन गरिरहेको छ।

नक्साङ्कनदेखि रोजगारी सिर्जना

Federico ले Shamymu Yassin लाई पहिलो पटक भेट्दा उहाँ ड्रोन पाइलट बन्ने लक्ष्य बोकेका विद्यार्थी हुनुहुन्थ्यो। Shamymu ले जान्जिबारको भविष्य उज्ज्वल बनाउने अठोटका साथ Street View प्रविधिका बारेमा थप जानकारी प्राप्त गर्न WT360 को सहयोग लिनुभयो। उहाँलाई ३६० डिग्रीको फोटो खिच्नका लागि प्रयोग गर्न सकिने उत्कृष्ट क्यामेरा, फोटो खिच्ने तरिका र तिनलाई Google नक्सामा अपलोड गर्ने तरिकाका बारेमा जानकारी दिइयो। Shamymu ले चाँडै नै यी सीपहरूमा निपुणता हासिल गर्नुभयो र व्यावसायिक फोटोग्राफर बनेर जान्जिबारका टापुहरूको अन्वेषण र नक्साङ्कन गर्ने पेसा अँगाल्नुभयो।

Federico, Shamymu र Ibrahim ले अहिले हालसालै विकास भएका क्षेत्र, नयाँ व्यवसाय र जीर्णोद्धार गरिएका होटेलहरूमा केन्द्रित रहेर जान्जिबारका आकाशबाट खिचिएका नयाँ फोटोहरू अपलोड गर्ने काम गरिरहनुभएको छ। र जान्जिबारको एम्युजमेन्ट पार्क खुलेसँगै उहाँहरूको मिसनको दायरा बढ्दै गइरहेको छ।

जान्जिबारको नापअनुसारको नक्साङ्कन: Street View Studio का सहायताले छिटोछरितो ढङ्गले डेटाको प्रकाशन

सन् २०१९ देखि फोटो र क्यामेराको गुणस्तरमा सुधार आएको छ र Street View Studio सार्वजनिक रूपमा उपलब्ध भएसँगै अब फोटो तथा भिडियो झनै छिटो र सजिलैसँग प्रकाशित गर्न सकिन्छ। फोटोग्राफरहरू एकै पटक एकभन्दा बढी ३६० डिग्रीका भिडियो अपलोड गर्न, कति अपलोड भयो भन्ने कुरा हेर्न, स्थान वा फाइलको मूल नामका आधारमा अपलोड गरिएका सामग्री खोज्न र नक्साको अन्तर्क्रियात्मक तह प्रयोग गरी भावी सङ्ग्रहहरूका बारेमा योजना बनाउन सक्छन्।

 

हामीले Street View Studio प्रयोग गरी पेम्बा टापुको पूरै भूभागका फोटो तथा भिडियो प्रकाशित गरेका छौँ। यो टुलमा मुख्यतः सामग्रीको व्यवस्थापनसम्बन्धी सुधारहरू गरिएका छन्। उदाहरणका लागि, पज गरिएका वा अवरुद्ध भएका अपलोडहरू सुचारु गर्न र राति उठेर नयाँ फाइलहरू हाल्नु नपर्ने गरी एकै पटक थुप्रै भिडियो अपलोड गर्न सकिन्छ। यो टुल नभएको भए हामीले कयौँ घण्टा नसुतिकन काम गर्नुपर्थ्यो होला!

-

Federico Debetto, व्यावसायिक फोटोग्राफर

 

भविष्य निर्माण

प्रोजेक्ट जान्जिबार स्थानीय विद्यार्थीहरूलाई उहाँहरूको देशको नक्साङ्कन गर्न सिकाउने उद्देश्यले सुरु गरिएको थियो। यो परियोजना सुरु भएदेखि यसले विश्वव्यापी प्रभाव पारेको छ। यो परियोजनाले तीन वर्षमा स्थानीय व्यवसायलाई अगाडि ल्याएको छ र Shamymu र Ibrahim जस्ता भूतपूर्व स्वयंसेवकहरूलाई वृत्ति विकासका अवसर प्रदान गरेको छ।

थप हेर्नुहोस्

आफैले खिचेको Street View फोटो सेयर गर्नुहोस्