Street View ले यस भूपरिवेष्टित बौद्ध राष्ट्रलाई कसरी विश्वसामु प्रस्तुत गर्यो?
भुटान हिमालयको काखमा रहेको एउटा देश हो। यो देश भन्ज्याङ, जङ्गलले ढाकेका उपत्यका र सुन्दर नदीहरूले भरिएको छ। त्यसकारण भुटानको सरकारले आफ्नो देशको अनमोल प्राकृतिक सुन्दरता विश्वसामु देखाउने र भुटानको पर्यटन तथा सामाजिक आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले Street View सँग सहकार्य गरी बाह्र महिने परियोजना सुरु गरेको थियो।
फोटो तथा भिडियो खिच्ने अनुमति प्राप्त गर्ने क्रममा थुप्रै बाधा अड्चन आएका थिए। ती बाधा अड्चनहरू पार गर्दै भुटानको पर्यटन परिषद्ले मे २०२० मा Google Singapore को प्राविधिक सहयोगमा यो परियोजना सुरु गरेको थियो। Street View ले उक्त परियोजनामा सहयोग गर्न दुई थान Ricoh Theta V, एक थान Insta360 Pro र व्यक्तिगत रूपमा तालिम प्रदान गरेको थियो। साथै, यो परियोजनाको कुनै पनि काम कारबाही नरोकियोस् भन्ने प्रयोजनका लागि Street View ले नियमित रूपमा समस्या निवारण सत्रहरू आयोजना गरेको थियो।
७४ लाख
पटक हेरिएको
भुटानको सुन्दरताको डिजिटल नक्साङ्कन
Street View को परियोजना सुरु हुनुअघि भुटानसँग सम्भावित पर्यटकहरूसँग जोडिनका निम्ति चाहिने प्राविधिक दक्षता वा उपकरण थिएन। त्यसकारण पर्यटकहरूलाई भुटानमा यात्रा गर्ने योजना बनाउन निकै गाह्रो हुन्थ्यो। अहिले बौद्ध धर्मावलम्बीहरूदेखि सम्भावित पर्यटकहरूलगायतका जोकोही व्यक्ति थिम्पुमा रहेका गढीको शैलीमा बनाइएका गुम्बा र पुनाखामा रहेका प्राचीन गाउँहरूको भर्चुअल अन्वेषण गर्न सक्छन्।
भुटान सरकारले विश्वसँग जोडिनका निम्ति अवलम्बन गरेको योजनामा यो एउटा कोसेढुङ्गो नै हो। त्यति मात्र नभएर यसले सञ्चार तथा सूचना प्रविधि उन्मुख समाज बनाउने डिजिटल यात्रामा भुटानलाई एक कदम अगाडि बढाएको छ।
भुटानमा यात्रा गर्न झनै सहज भएको छ
पर्यटकहरू Street View को स्मार्ट नेभिगेसनका सहायताले विश्वभरिका लोकप्रिय पर्यटकीय स्थलहरूको अन्वेषण गर्न सक्छन्। यसले पर्यटकहरूलाई कहाँ जाने, कहिले जाने र कसरी जाने भन्ने कुरा निर्णय गर्न सहज बनाएको छ। पर्यटकहरू आफू जान चाहेको ठाउँको ३६० डिग्रीको प्रत्यक्ष फुटेज हेरेर तथा सो ठाउँको भर्चुअल भ्रमण गरेर सो ठाउँको अवस्था कस्तो छ र सो ठाउँको यात्रा गर्दा के कस्ता कुरा अपेक्षा गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन सक्छन् र सोहीअनुसार यात्रा गर्न सक्छन्।
Google Street View को भुटानी संस्करणले यो देशलाई मात्र नभएर विश्वभरि रहेका मान्छेहरूलाई पनि मद्दत पुर्याएको छ। सर्वेक्षक, व्यवसाय, सरकारी निकाय, शैक्षिक संस्था र अन्य निकायले Street View को उक्त संस्करण प्रयोग गरी आफ्नो सेवाको गुणस्तर सुधार्न सक्छन्।
-
Dorji Dhradhul, भुटानको पर्यटन परिषद्का प्रबन्ध निर्देशक
Street View मा ५०० वटा नयाँ व्यवसाय थपिएका छन् र भुटानको नक्सामा ४,००० विवरण संशोधन गरिएका छन्। Street View का सहायताले हालको ट्राफिक अवस्थासम्बन्धी जानकारी र मार्गसम्बन्धी सुझाव प्राप्त गर्नेदेखि लिएर स्थानीय व्यवसायलाई अझ धेरै मान्छेहरू समक्ष पुर्याउनेलगायतका कार्यहरू गर्न सकिने भएकाले यसबाट भुटानमा बसोबास गर्ने मान्छेहरूलाई पनि फाइदा पुगेको छ।
अझ राम्रा Street View
भुटान सरकारको Street View परियोजनाले भुटानलाई विश्वसँग जोडिन मद्दत गरेको छ। यति मात्र नभई यो परियोजना विकासका योजना बनाउने कार्यमा पनि निकै उपयोगी साबित भएको छ। शताब्दीयौँदेखि अन्वेषण नगरिएका भू-भागको फोटो तथा भिडियो खिच्न थालेसँगै भुटानको सम्पदा संरक्षण गर्ने रणनीति अवलम्बन गर्ने कार्यको थालनी भएको छ। Street View मा भएको डेटाका सहायताले भुटान सरकार आफ्नो देशको सडकको अवस्था जाँच्न र आवश्यक भएमा सडकको स्तरोन्नति गर्न सक्छ।
पहिलेको तुलनामा बढीभन्दा बढी अन्वेषकहरूले भुटानको अन्वेषण गरिरहेका छन्। तर हालसम्म Street View मा बिस वटा सहर (३८,३९४ कि.मि.² क्षेत्र) लाई मात्र समेटिएको छ र नक्सामा देशको पूर्वाधारमा भएका विकासका बारेमा नियमित रूपमा अद्यावधिक जानकारी हाल्ने योजना रहेको छ। त्यसैले यो Street View परियोजना अझै पनि सुरुवाती चरणमै छ।
Street View ले ससाना संसारहरू जोडेर समग्रमा विशाल परिवर्तनहरू ल्याइरहेको छ। Street View ले मनमोहक फोटो तथा भिडियोका सहायताले लुकेका अनमोल प्राकृतिक सुन्दरता अनावृत गर्दै देश विकासको रोडम्यापमा आमूल परिवर्तन ल्याउन र देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
थप हेर्नुहोस्