हामी कहिले , कहाँ र कसरी ३६० डिग्रीका फोटो सङ्कलन गर्छौँ भन्नेबारेमा जानकारी प्राप्त गर्नुहोस्

Street View फोटो सङ्कलन गर्न प्रयोग गरिने Google का विविध साधनहरू र हामीले विश्वको नक्सा अझ राम्रो बनाउने प्रयोजनका लागि ३६० डिग्रीका फोटो सङ्कलन गर्ने तरिकाका बारेमा जान्नुहोस्।

Google Street View फोटोको सङ्कलन
Google Street View फोटो सङ्कलन गर्न प्रयोग गरिने कारको एनिमेसन

फोटोग्राफीका स्रोतहरू

Street View फोटोहरू Google र हाम्रा योगदानकर्ताहरू गरी दुई स्रोतबाट प्राप्त हुन्छन्।

हाम्रो सामग्री
योगदानकर्ताले प्रदान गरेका सामग्री

हाम्रो सामग्री

Google को स्वामित्वमा रहेका सामग्रीमा "सडक दृश्य" वा "Google नक्सा" लाई श्रेय दिइएको हुन्छ। हामी आफ्नो इमेजरीमा अनुहार र नम्बर प्लेटहरूलाई स्वतः अस्पष्ट पार्द छौँ।

नीतिसम्बन्धी विवरणहरू

जोर्डनमा रहेको पेट्राको Google Street View फोटो

योगदानकर्ताले प्रदान गरेका सामग्री

प्रयोगकर्ताले योगदान पुर्‍याएका सामग्रीसँगसँगै क्लिक/ट्याप गर्न मिल्ने खाताको नाम र केही अवस्थाहरूमा प्रोफाइल तस्बिर पनि समावेश हुन्छ।

नीतिसम्बन्धी विवरणहरू

Street View मा योगदान दिनुहोस्

Federico Debetto ले खिच्नुभएको Google Street View फोटोका सहायताले जान्जिबारको नक्साङ्कन

हामी यो महिना कुन ठाउँको नक्साङ्कन गर्दै छौँ

हामी सवारी साधनका माध्यमबाट वा पैदल यात्रा गरेर विश्वका विभिन्न ठाउँहरूको भ्रमण गरेर तपाईंलाई Street View मा अझ राम्रो अनुभव प्रदान गर्ने र तपाईंलाई आफ्नो वरपर रहेका कुराहरू देखाउने फोटो सङ्कलन गर्छौँ। तपाईं हाम्रो टोलीसँग भेट्न चाहनुहुन्छ भने उनीहरू तपाईं बस्ने ठाउँको आसपासका क्षेत्रमा कहिले आउँदै छन् भन्ने कुरा थाहा पाउन तल दिइएको जानकारी हेर्नुहोस्।

मिति डिस्ट्रिक्ट
मिति डिस्ट्रिक्ट

हाम्रो नियन्त्रणबाहिरका कारक (मौसम, बन्द सडक, आदि) हरूले गर्दा हाम्रा कारहरू नचल्ने वा यिनीहरूको सञ्चालन प्रक्रियामा परिवर्तन हुने सम्भावना सधैँ रहन सक्छ। कृपया सूचीमा कुनै निश्चित सहर उल्लिखित भए तापनि, यसमा गाडीबाट जान सकिने दूरीमा रहेका साना सहर र नगरहरू पनि समावेश हुन सक्छन् भन्ने कुरा पनि ध्यानमा राख्नुहोस्।

विश्वका असाधारण ठाउँहरूको अन्वेषण गर्ने प्रयोजनका लागि तयार पारिएका साधनहरू

हामीले सातै वटा महादेशमा विभिन्न असाधारण ठाउँहरूको भ्रमण गरेका छौँ र हामी थप ठाउँहरूको भ्रमण गर्दै जाने छौँ। फोटो खिच्ने प्रयोजनका लागि उचित साधन प्रयोग गर्न तथा उत्कृष्ट फोटो सङ्कलन गर्न सकियोस् भन्नाका लागि यात्रामा निस्कनुअघि हामी भू-भाग, मौसम र जनसङ्ख्याको घनत्वलगायतका विभिन्न कुराहरूका बारेमा विचार गर्छौँ।

Street View कार

छानामा क्यामेरा सिस्टम जडित यस Street View कार फोटो सङ्कलन गर्ने प्रयोजनका लागि सबैभन्दा बढी प्रयोग गरिने साधन हो। हामीले यस कारका सहायताले केरा खाइरहेको घोडाको फोटो सहित विश्वभर १ करोड माइलभन्दा बढी दूरीको फोटो खिचेका छौँ।
Street View कार

ट्रेकर

यो पोर्टेबल क्यामेरा सिस्टम पिठिउँमा बोक्न वा पिकअप ट्रक, स्नोमोबिल वा मोटरबाइकमाथि जडान गर्न सकिन्छ। हामी यसका सहायताले साँधुरो गल्ली वा इन्का सिटाडेल माचू पिचू जस्ता हिँडेर मात्रै पुग्न सकिने ठाउँका फोटो सङ्कलन गर्न सक्छौँ।
ट्रेकर

नक्सालाई जीवन्त बनाउँदै

हामीले फोटो सङ्कलन गर्ने कार्य पूरा गरेपछि ती फोटोहरू Street View मा हाल्नु पर्ने हुन्छ। यहाँ हाम्रो टोलीले पर्दा पछाडि के के गर्दै छ भन्ने कुराको एक झलक देखाइएको छ।

  • इमेजरीको सङ्कलन कार्य

    स्थानहरूलाई सडक दृश्यमा देखाउनका लागि सर्वप्रथम हामीले ती स्थानका वरपर गाडी कुदाउँदै तस्बिरहरू खिच्नु पर्ने हुन्छ। हामी सकेसम्म उत्कृष्ट इमेजरी खिच्न सकिने समय र स्थान निर्धारण गर्न विभिन्न क्षेत्रका मौसम तथा जनघनत्वका साथै अन्य धेरै कारक तत्त्वहरूलाई नजिकबाट नियाल्छौँ।

  • पङ्क्तिबद्ध इमेजरी

    हरेक छविलाई नक्सामा त्यसको भौगोलिक स्थानसँग मिलाउन हामी कारमा रहेको GPS, गति र दिशानिर्देशन मापन गर्ने सेन्सरहरूबाट प्राप्त सङ्केतहरूलाई संयोजन गर्छौँ। यस कार्यले हामीलाई कारको वास्तविक मार्ग पुनर्निर्माण गर्न र आवश्यकताअनुसार छविहरूलाई ढल्काउन र पङ्क्तिबद्ध गर्न मद्दत गर्छ।

  • तस्बिरहरूलाई ३६० डिग्रीका तस्बिरहरूमा बदल्ने कार्य

    ३६० डिग्रीका तस्बिरहरूका बीचमा खाली ठाउँ देखिन नदिन निकटस्थ क्यामेराहरूले थोरै खप्टिएका तस्बिरहरू खिच्छन्, त्यसपछि हामी ती तस्बिरहरूलाई 'स्टिच गरेर' ३६० डिग्रीको सिङ्गो छवि बनाउँछौँ। त्यसपछि हामी "जोडेको ठाउँमा देखिने धर्साहरू" कम गर्न र उक्त ठाउँ चिल्लो पार्न छवि प्रशोधन गर्ने विशेष एल्गोरिदमहरू प्रयोग गर्छौँ।

  • तपाईंलाई सही छवि देखाउने कार्य

    कारका लेजरहरू वस्तुका सतहमा ठोक्किएर परावर्तन हुन कति समय लाग्छ भन्ने कुराले हामीलाई कुनै भवन वा वस्तु कति दूरीमा छ भन्ने जानकारी दिन्छ र यसले हामीलाई विश्वको 3D मोडेल बनाउन मद्दत गर्छ। तपाईं Street View मा हालको क्षेत्रबाट धेरै टाढाको क्षेत्रमा जानुभयो भने यो मोडेलले उक्त लोकेसनको सबैभन्दा उपयुक्त प्यानोरमा देखाउँछ।

हामी गएका ठाउँहरू

नक्सामा भएका निला क्षेत्रहरूले Street View उपलब्ध भएका ठाउँहरू देखाउँछन्। अझ विस्तृत रूपमा हेर्न जुम इन गर्नुहोस् वा Google नक्सामा ब्राउज गर्नुहोस्।

थप जान्नुहोस्