Google तपाईंलाई आफ्नो वरपरको दुनियाँ पत्ता लगाउन मद्दत गर्ने कुरा प्रति समर्पित छ। हाम्रा प्लेटफर्महरूमा अवस्थित इमेजरी तपाईंलाई नजिकका वा विश्वभरिका ठाउँहरू पूर्वावलोकन तथा अन्वेषण गर्नमा मद्दत गर्दै तपाईंको अनुभवलाई अझ राम्रो बनाउनको निमित्त हो। हामी इमेजरी उपयोगी होस् र यसले हाम्रा प्रयोगकर्ताहरूले अन्वेषण गर्ने विश्वलाई दर्शाओस् भन्ने कुरा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने छौँ।

बाह्य पक्षहरू वा Google ले सडक दृश्य इमेजरीमा योगदान पुर्‍याउन सक्छन्। तपाईं हरेक छविसँगै प्रस्तुत गरिने श्रेयको नाम वा आइकनको सहायताले फरक छुट्याउन सक्नुहुन्छ। कुनै बाह्य योगदानकर्ताले कैद गरी Google नक्सामा प्रकाशित गरेको इमेजरी सोही योगदानकर्ता (वा तिनीहरूले तोकेका कुनै उत्तराधिकारी) को स्वामित्वमा रहन्छ।

यो पेजले Google ले योगदान गरेका Street View फोटोसम्बन्धी नीतिहरू निर्धारण गर्दछ। प्रयोगकर्ताले योगदान पुर्‍याएका Street View फोटोका हकमा कृपया नक्साका प्रयोगकर्ताले योगदान पुर्‍याएका सामग्रीसम्बन्धी नीति हेर्नुहोस्।

Google ले योगदान गरेको Street View सम्बन्धी नीति
फोटोसम्बन्धी नीति

Street View फोटो हेर्ने सबै जनाले सकारात्मक र लाभदायी अनुभव प्राप्त गरून् भन्ने कुरा सुनिश्चित गर्ने कार्यमा मद्दत पुर्‍याउन हामीले Google ले योगदान गरेको Street View सम्बन्धी यो नीतिको विकास गरेका छौँ। यो नीतिले हामीले अनुपयुक्त सामग्रीको व्यवस्थापन गर्ने तरिकाका साथै हामीले Google नक्सामा Street View फोटो प्रकाशन गर्दा पालना गर्ने मापदण्डहरूका बारेमा व्याख्या गर्दछ। हामीले बेला बेलामा आफ्ना नीति परिवर्तन गर्न सक्ने भएकाले कृपया समय समयमा यो नीतिको जाँच गर्नुहोस्।

सडक दृश्यको इमेजरी वास्तविक समयको इमेजरी होइन

Street View क्यामेराले कुनै लोकेसन हुँदै जाँदा जस्तो फोटो खिचेको थियो Street View फोटोमा त्यस्तै फोटो मात्र देखिन्छ। त्यसपछि, तिनीहरूको प्रक्रिया अघि बढाउन महिनौँ लाग्छ। यसको मतलब तपाईंलाई देखाइने सामग्री केही महिनादेखि केही वर्ष पुरानो हुन सक्छ। हामीले वर्षौँदेखि फोटो सङ्कलन गर्दै आएका केही लोकेसनहरूमा तपाईं हाम्रो टाइम मेसिन कार्यमा उक्त फोटोमा भएका परिवर्तनहरू पनि हेर्न सक्नु हुने छ।

अस्पष्ट पार्ने कार्य

Google ले सडक दृश्यको इमेजरी Google नक्सामा प्रकाशित गर्दा व्यक्ति विशेषको गोपनीयता सुरक्षित राख्न थुप्रै कदमहरू चाल्दछ।

हामीले Street View मा Google ले योगदान गरेको फोटोअन्तर्गत रहेका पहिचान गर्न सकिने अनुहार र सवारी साधनका नम्बर प्लेटहरू ब्लर गर्न तयार गरिएको अनुहार र सवारी साधनको नम्बर प्लेट ब्लर गर्ने नवीनतम प्रविधि विकसित गरेका छौँ। तपाईं आफ्नो अनुहार वा सवारी साधनका नम्बर प्लेटहरू अझै ब्लर होस् भन्ने चाहनुहुन्छ वा तपाईं हामीले तपाईंको घर, कार वा मुख्य भाग ब्लर गरेको हेर्न चाहनुहुन्छ भने "समस्याका बारेमा रिपोर्ट गर्नुहोस्" संयन्त्र प्रयोग गरी अनुरोध पेस गर्नुहोस्।

अनुपयुक्त सामग्री

तपाईं "समस्याका बारेमा रिपोर्ट गर्नुहोस्" लिंक प्रयोग गरी अनुपयुक्त सामग्रीका बारेमा रिपोर्ट गर्न सक्नुहुन्छ। हामी सामग्रीमा कलात्मक, शैक्षिक वा वृत्तचित्रात्मक महत्त्व समावेश भएको अवस्थामा बाहेक निम्न कोटीका सामग्रीलाई अनुपयुक्त सामग्री मान्छौँ।

बौद्धिक सम्पत्तिका उल्लङ्घनहरू

बौद्धिक सम्पत्तिका उल्लङ्घनहरू

हामी प्रतिलिपि अधिकारलगायत अन्य कुनै व्यक्तिको कानुनी अधिकार उल्लङ्घन गर्ने फोटो वा अन्य कुनै सामग्रीलाई अनुमति दिँदैनौँ। थप जानकारी प्राप्त गर्न वा DMCA अनुरोध दर्ता गर्न हाम्रो प्रतिलिपि अधिकारसम्बन्धी कार्यविधि हेर्नुहोस्।

यौनजन्य सामग्रीको आइकन

यौनजन्य सामग्री

हामी यौनजन्य सामग्रीलाई अनुमति दिँदैनौँ।

अवैध, खतरनाक वा हिंसात्मक सामग्री जनाउने आइकन

अवैध, खतरनाक वा हिंसात्मक सामग्री

हामी अवैध प्रकृतिका, खतरनाक वा गैरकानुनी कार्यलाई बढावा दिने वा ग्राफिक वा अनावश्यक हिंसा समावेश भएका सामग्रीलाई अनुमति दिँदैनौँ।

दुर्व्यवहार तथा धम्कीयुक्त समाग्री जनाउने आइकन

दुर्व्यवहार तथा धम्कीहरू

हामी मान्छेहरूमाथि दुर्व्यवहार गर्ने, दादागिरी देखाउने वा आक्रमण गर्न Street View को प्रयोग गर्ने सामग्रीलाई अनुमति दिँदैनौँ।

घृणायुक्त अभिव्यक्ति

घृणायुक्त अभिव्यक्ति

हामी वर्ण, जातीय मूल, धर्म, अपाङ्गता, लिङ्ग, उमेर, राष्ट्रियता, भूतपूर्व सैन्य अवस्था, यौन झुकाव वा लैङ्गिक पहिचानका आधारमा व्यक्ति वा समूहविरुद्धको हिंसालाई बढावा दिने वा त्यस कार्यको समर्थन गर्ने सामग्रीलाई अनुमति दिँदैनौँ।

आतङ्कवादसम्बन्धी सामग्री जनाउने आइकन

आतङ्कवादसम्बन्धी सामग्री

हामी आतङ्कवादी सङ्गठनहरूलाई भर्ती गर्नेलगायत कुनै पनि प्रयोजनका लागि यो सेवा प्रयोग गर्ने अनुमति दिँदैनौँ। हामी आतङ्कवादी क्रियाकलापहरूलाई बढावा दिने, हिंसा भड्काउने वा आतङ्कवादी आक्रमण भएको कुरामा खुसियाली मनाउने जस्ता आतङ्कवादसँग सम्बन्धित सामग्रीहरू हटाउने छौँ।

बालबालिकालाई जोखिममा पार्ने सामग्री जनाउने आइकन

बालबालिकालाई जोखिममा पार्ने सामग्री

Google ले बालबालिकाको शोषण वा दुर्व्यवहार गर्ने सामग्रीविरुद्ध शून्य सहनशीलता नीति अपनाउँछ। यसमा यौन दुर्व्यवहार देखिने सम्पूर्ण इमेजरी तथा बालबालिकालाई यौनजन्य रूपमा प्रस्तुत गर्ने सम्पूर्ण सामग्रीहरू पर्दछन्। तपाईंलाई कुनै सामाग्रीले यसरी बालबालिकाको शोषण गर्छ जस्तो लागेमा तपाईंको उद्देश्य उक्त सामग्रीलाई Google को ध्यानाकर्षण गराउनु हो भने पनि कृपया त्यसलाई फेरि सेयर गर्ने वा त्यसमा कमेन्ट गर्ने काम नगर्नुहोस्। तपाईंले इन्टरनेटमा अन्यत्र यस्तो सामग्री फेला पार्नुभएको खण्डमा कृपया सीधै नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (NCMEC) मा सम्पर्क गर्नुहोस्।

व्यक्तिगत पहिचान खुल्ने जानकारी जनाउने आइकन

व्यक्तिगत पहिचान योग्य जानकारी

हामी तपाईं वा अन्य कुनै व्यक्तिको क्रेडिट कार्डसम्बन्धी विवरण, मेडिकल रेकर्ड वा सरकारले जारी गरेको परिचय पत्र जस्ता व्यक्तिगत पहिचान खुलाउने जानकारी समावेश भएका सामग्रीलाई अनुमति दिँदैनौँ।