दुर्व्यवहार र जालसाजीदेखि सावधान रहनुहोस्
आफूलाई Google का कर्मचारीका रूपमा प्रस्तुत गर्ने र विभिन्न प्रकारको सहायता तथा सबै प्रकारको फोटो वा अद्यावधिक जानकारी उपलब्ध गराउने मान्छेहरू आउँदा वा ती मान्छेले तपाईंलाई सम्पर्क गर्दा सावधान रहनुहोस्। हामी यी कम्पनीहरूलाई Google का कर्मचारीका रूपमा प्रस्तुत गर्ने अनुमति दिइएको छैन र उनीहरूले आफूलाई अनिवार्य रूपमा स्वतन्त्र ठेकेदारका रूपमा प्रस्तुत गर्नु पर्छ भन्ने कुरामा जोड दिन्छौँ।
हामी तपाईंलाई प्रत्यक्ष रूपमा Google का तर्फबाट सम्पर्क गरिएका बेला निम्नलगायतका जुनसुकै कारण देखाइए तापनि उक्त सम्पर्क पूर्ण रूपमा बेवास्ता गर्ने सुझाव दिन्छौँ:
- Google का तर्फबाट मेट्रिक मापन गर्ने, डिजिटल प्रवृत्ति/नयाँ डिजिटल प्लेटफर्म र नयाँ व्यावसायिक प्रवृत्तिका बारेमा रिपोर्ट गर्ने; मिडियासम्बन्धी सुझाव दिनेलगायतका डिजिटल मिडियासम्बन्धी सेवा/प्रशिक्षण उपलब्ध गराउने;
- Google का सेवाहरूको नियमित कार्यसँग नमिल्ने बाचाहरू गर्ने (जस्तै, Search, Google Street View वा Google नक्सामा खोज परिणामको शीर्ष स्थानमा सामग्री देखाइदिने कुराको प्रत्याभूति दिलाउने);
- सम्झौता गरेका पक्षलाई निरन्तर टेलिमार्केटिङमार्फत फोन कल गरेर वा धम्की दिएर Google का प्लेटफर्महरूबाट सामग्री हटाउन दबाब दिने।
Google ले फोटोग्राफर वा एजेन्सीहरूलाई काममा राख्दैन भन्ने कुरा ख्याल राख्न जरुरी छ। यी पेसाकर्मीहरू स्वतन्त्र व्यक्ति वा कम्पनी हुन् र Google को हस्तक्षेप वा सहभागिताविनै सबै सम्झौताहरू गरिएको हुन्छ।
प्रयोगकर्ताको सुरक्षा नै हाम्रो मुख्य सरोकारको विषय हो। सोही कारणले गर्दा हामीले Google ब्रान्ड र यसका प्लेटफर्महरूको प्रयोगमाथि रोक लगाएका छौँ। कुनै पनि व्यक्ति वा कम्पनीलाई निम्न कार्य गर्ने अनुमति दिइँदैन:
- कम्पनीका सवारी साधनहरूमा Street View आइकन, सिल वा लोगो वा दुवै जस्ता Google ब्रान्ड प्रयोग गर्ने;
- डोमेन नाममा Google ब्रान्ड, Google नक्सा र Street View वा Google का अन्य ट्रेडमार्क वा यस्तै कुरा प्रयोग गर्ने;
- पोसाकलगायतका कपडाहरूमा Google ब्रान्ड, Google नक्सा र Street View वा Google का अन्य ट्रेडमार्कहरू प्रयोग गर्ने;
- आफ्नो Google बिजनेस प्रोफाइलमा Google, Google नक्सा र Street View ब्रान्ड वा Google का अन्य कुनै पनि ट्रेडमार्क वा यस्तै कुरा प्रयोग गर्ने;
- Google ले कुनै विशेष उत्पादन वा सेवा अनुमोदन गर्छ भन्ने कुरा बुझाउने गरी Google को कुनै पनि ट्रेडमार्क प्रयोग गर्ने।