आफ्नै Street View इमेजरी खिच्नुहोस् र प्रकाशित गर्नुहोस्
नयाँ टोल, लोकप्रिय पर्यटकीय स्थल तथा स्थानीय व्यवसायहरूको इमेज खिच्न अजिले जति सजिलो कहिल्यै पनि भएको छैन। क्यामेरा छनौट गर्नुहोस् र ३६० डिग्रीका भिडियोहरू सङ्कलन गरेर Street View Studio मा अपलोड गर्नुहोस्।
विश्वभरका दर्शकहरूलाई आफ्नो टोल, आफ्नो सांस्कृतिक सम्पदा तथा स्थानीय व्यवसायहरू देखाउनुहोस्।
सहरहरूलाई सडकको ट्राफिकको निगरानी राख्न, पूर्वाधारमा भएको क्षति अनुमान लगाउन र मर्मतसम्भार कार्य अप्टिमाइज गर्न सघाउनुहोस्। यसका साथै, सुधारका निम्ति गरिने प्रयासहरूमा सहायता गर्नुहोस्।
पैदलमार्ग तथा एक्सेसिबिलिटी पोइन्टहरू नक्सा तयार गरेर पर्यटकहरूलाई अझ राम्रो सुविधा प्रदान गर्नुहोस्।
केवल ३ वटा चरण पूरा गरेर ३६० डिग्रीको इमेजरी विश्वव्यापी रूपमा प्रकाशित गर्न सकिन्छ
Street View प्रयोग गर्न मिल्ने क्यामेराका सहायताले सडक, गोरेटो, पर्यटकीय स्थल तथा व्यवसायहरूको फोटो खिच्नुहोस्। तपाईंको सडक Google नक्सामा उपलब्ध
छैन भने हाम्रो Google नक्सा सामग्री साझेदार नामक पेजमा गई डेटा व्यवस्थापन वा योगदान गर्ने अन्य तरिकाहरू हेर्नुहोस्।
*Note that Google does not certify any operational or mechanical functions. Any specific technical or logistical issues should be addressed directly with the supplier.
गाडी चलाउँदा वा साइकल वा बाइक कुदाउँदा वा हिँड्दा क्यामेरा बोक्नुहोस्
गाडी चलाइरहेका बेला पनि ३६० डिग्रीको इमेजरी खिच्नुहोस्। सडकको नक्साङ्कन गर्दा गाडी वा हेल्मेट माउन्ट प्रयोग गर्नुहोस् वा तपाईं इनडोर इमेजरी खिच्दै हुनुहुन्छ भने सानो ट्राइपड वा मोनोपडमा क्यामेरा माउन्ट गर्नुहोस्।
एकै पटकमा एकभन्दा बढी फाइलहरू अपलोड गर्नुहोस् र अपलोड गर्ने प्रक्रिया पूरा हुनुअघि नै आफ्ना इमेजहरूको प्रिभ्यु गर्नुहोस्। ३६० डिग्रीको इमेजरीसम्बन्धी तथ्याङ्क हेर्नुहोस् र भविष्यमा इमेज खिच्ने मार्गहरूका सम्बन्धमा सजिलैसँग योजना बनाउनुहोस्।
सार्वजनिक संस्था तथा पर्यटकीय सङ्गठनहरूले उनीहरूको ठाउँलाई अझ राम्रोसँग विश्वव्यापी रूपमा देखाउने प्रयोजनका लागि Street View कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरा जान्नुहोस्।
Street View का सहायताले स्थानीय समुदायको सशक्तिकरण
फोटोग्राफरहरूको एउटा समूहले सन् २०१९ देखि जान्जिबारको नक्साङ्कन गर्न सुरु गरेका थिए। यो परियोजनाले जान्जिबारको पर्यटन क्षेत्र र स्थानीय अर्थतन्त्रमा पारेको प्रभावका बारेमा थप जान्नुहोस्।
फ्रान्सेली पोलिनेसियाका टापूहरूको फोटो खिच्न प्रयोग गरिने सबै भूभागमा चल्ने सवारी साधनहरू
एक जना स्थानीय फोटोग्राफरले हामीलाई नक्सामा फ्रान्सेली पोलिनेसियाका फोटो देखाउन र त्यहाँका स्थानीय प्रथम उद्धारकर्ताहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न सघाउन गल्फ कार्ट, जेट स्की र घोडाहरू प्रयोग गरी सिर्जनशीलता देखाउनुभएको थियो।
जान्जिबारको नक्साङ्कन गर्नका निम्ति प्रारम्भिक कार्यको थालनी
सरकारले देशको नक्साङ्कन गर्न, स्थानीय बासिन्दाहरूलाई Street View प्रयोग गर्ने तरिका सिकाउन र उनीहरूलाई यो परियोजना जारी राख्न सक्षम बनाउन WT360 सँग सहकार्य गर्यो।
म्यानमारको डिजिटाइजेसन र यसको सांस्कृतिक सम्पादनको संरक्षण
एउटा भर्चुअल रियालिटी प्रडक्सन कम्पनीले म्यानमारको सांस्कृतिक सम्पदाको संरक्षण गर्न Street View प्रयोग गरेर कसरी म्यानमारका सांस्कृतिक सम्पदाका फोटोहरू डिजिटाइज गर्न थाल्यो भन्नेबारेमा जानकारी प्राप्त गर्नुहोस्।
Tawanda Kanhema ले आफ्नो देशको नक्साङ्कन गर्दै हुनुहुन्छ। उहाँले भिक्टोरिया फल्सको फोटो कसरी खिच्नुभयो र उहाँ Street View मा कसरी अझ धेरै ठाउँहरूको फोटो देखाउँदै हुनुहुन्छ भन्नेबारेमा थप जान्नुहोस्।
स्थानीय मार्गदर्शकहरू केन्याको सुन्दरतालाई विश्वसामु ल्याउँदै छन्
केन्याको नक्साङ्कन गर्न र यहाँको सुन्दरता विश्वसामु ल्याउन स्थानीय मार्गदर्शक र व्यावसायिक फोटोग्राफरहरूले एक अर्कासँग सहकार्य गरे। उहाँहरूको यात्राका बारेमा थप जान्नुहोस्।
बर्मुडाको अनलाइन उपस्थिति अप्टिमाइज गर्न, स्थानीय व्यवसाय भेट्टाउन सजिलो बनाउन र पर्यटकहरूलाई आफ्नो यात्राको योजना बनाउन मद्दत गर्न बर्मुडा टुरिजम अथोरिटी र Miles Partnership ले एक अर्कासँग सहकार्य गरे।
टोङ्गा र अन्य प्रशान्त द्वीपसमूहको संस्कृतिको प्रवर्धन गर्न Grid Pacific का संस्थापकहरूले पूरै द्वीपसमूह नक्साङ्कन गरी त्यहाँका फोटोहरू Street View मा राख्ने महत्त्वाकाङ्क्षी योजना सुरु गरे।
Joe Hacobian ले Google नक्साको Street View सम्बन्धी शिखर सम्मेलनमा अर्मेनियाको नक्साङ्कन गर्ने क्रममा पार गरेका विभिन्न आरोह अवरोहहरूका बारेमा कुरा गर्नुभएको थियो।